काबुलमा अर्को आतंककारी हमला हुनसक्छ : अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी

आइतबार, १३ भदौ २०७८, ०९ : २६
काबुलमा अर्को आतंककारी हमला हुनसक्छ : अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा अर्को आतंककारी हमला हुनसक्ने चेतावनी दिएका छन् । सैन्य कमाण्डरबाट सो जानकारी आएको बताउदैं उनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ ।’

बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ अफगान नागरिक र १३ अमेरिकी नागरिकको मृत्यु भएको थियो । त्यसको बदलामा अमेरिकाले शनिबार ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा विस्फोटका योजनाकार मारिएको अमेरिकी सेनाको दाबी छ ।

गत बिहीबार भएको आक्रमणअघि पनि अमेरिका र बेलायतले विमानस्थलमा आक्रमण हुने सूचना आएको भन्दै सचेत गराएका थिए । त्यसको भोलिपल्ट आत्मघाती विस्फोट भएको थियो ।

सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको बताईएको छ ।  । स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ ।