काठमाडौं । यो साता नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक सातामा सुनको मूल्य ४ सय रुपैयाँले बढेको बताएको छ ।
अघिल्लो साताको शुक्रबार छापावाल सुनको प्रतितोला ९१ हजार २०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार ९१ हजार २ सयमा रहेको छापावाल सुनको मूल्य यो साताको पहिलो कारोबार दिन नै ३०० ले घटेको थियो । त्यसपछि साताको बुधबार र विहीबार केही ओरालो लागेपनि त्यसबाहेकका दिनमा उकालो लाग्दा समग्रमा मूल्य बढेको हो ।
यस्तै, अघिल्लो साताको शुक्रबार तोलामा ९० हजार ७ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले नै बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको छ । यसैगरी, यो साता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।
अघिल्लो साताको शुक्रबार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १ हजार २०० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ भदौ २०७८, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज कति छ सुनचाँदीको मूल्य ?