चितवन । नारायणी नदीले सतर्कताको तह पार गरेसँगै चितवन प्रशासनले सर्वसाधरणलाई सतर्क रहन अनुरोध गरेको छ । अहिले नारायणी नदीमा जलसतह बढेर ७ मिटरको सतर्कता तह पार गरेको छ । अहिले नदी ७.३३ को तहमा बगिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
उनले नदीको तह बढ्ने क्रममा रहेकाले सतर्क रहन सबैमा आग्रह गरे । लामिछानेले नारायणी नदीले सर्तकता तह पार गरेर खतराको तह ९ भन्दा माथि पुगेमा धनजनको क्षती हुन सक्ने भन्दै होसियार रहन सबैलाई आग्रह गरे ।
उनले अहिले पनि चितवनमा पानी परिरहेकाले बिभिन्न ठाउँमा रहेका खोलामा बाढी आउन सक्ने भन्दै खोला आसपास कसैलाई पनि नजान आग्रह गरे। बाढीका कारण हुन सक्ने संभावित घटनालाई मध्यनजर गर्दै आफुहरु तयारी अवस्थामा रहेको लामिछानेको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ भदौ २०७८, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
नारायणी नदीले खतराको तह पार गर्यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार