पोखरा । पोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उनीहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, इञ्जिनियर विकास भट्टराई, इञ्जिनियर विशेष भट्टराई, जयराम तिमिल्सेना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्यामबहादुर गुरुङ, अमृत ढकाल लगायत छन् ।
सो अवसरमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसलाई थप बलियो बनाउनका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले व्यवसायका साथसाथै जनताको सेवामा लाग्नसमेत नवप्रवेशीलाई आग्रह गरे । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ भदौ २०७८, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस