गैंडाकोटमा डाइभर्सन बगाउदा महेन्द्र राजमार्ग अवरुद्ध, सर्यौ सवारीसाधन अलपत्र

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, ०८ : १६
गैंडाकोटमा डाइभर्सन बगाउदा महेन्द्र राजमार्ग अवरुद्ध, सर्यौ सवारीसाधन अलपत्र

पूर्वी नवलपरासी । अविरल वर्षासंगै आएको बाढीले महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बगाउँदा बिहीबार रातिदेखि यातायात अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बिहीबार राति ८ बजे बगाएको हो । सडक थुनिएपछि पूर्व–पश्चिमतर्फ लागेका सयौं गाडी कावासोती, गैंडाकोट र चितवनमा रोकिएका छन् ।

लगातारको झरीका कारण आएको बाढीले डाइभर्सन बगाएको हो ।
प्रहरीले भत्किएको डाइभर्सन शुक्रबार साँझसम्म निर्माण हुन सक्ने जनाएको छ । महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा थुम्सीको डाइभर्सन बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस