काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दक्षिणपन्थी अवसरवादीको संज्ञा दिएको छ। समाजवादीले मध्यममार्गी बनेका भीम रावल र घनश्याम भुसाललगायतका नेतालाई मध्यपन्थीको आरोप लगाएको छ ।
नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) ले दक्षिणपन्थी अवसरवादी र मध्यपन्थीलाई हराएरविजय प्राप्त गर्न सकिने निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समाजवादी पार्टीका तर्फबाट वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को उदय भएको छ ।’
नवगठित एकीकृत समाजवादी पार्टीले दक्षिणपन्थीसँग मध्यपन्थी मिल्न गएको बताएको छ । एमालेका मध्यपन्थी भनेर एसपाले युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम रावल, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अमृत बोहोरा र रघुजी पन्तलाई भनेको हो । उनीहरु ओली नेतृत्वको एमालेमा सहमाहित भएपछि नेपाल पक्षले उनीहरुलाई ‘मध्यपन्थी अवसरवादी’ किटानी गरेको हो । एसपाका अध्यक्ष माधव नेपालले एमालेको संस्थापन पक्ष केपी ओलीलाई दक्षिणपन्थी भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० भदौ २०७८, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय