एमाले केन्द्रीय कमिटी बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १२ : ५६
एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेता माधवकुमार नेपालले अलग पार्टी दर्ता गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय सदस्य समेत रहेका तामाङका अनुसार १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ ।

त्यस्तै तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेको छ ।

प्रतिक्रिया दिनुहोस