काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य तोलामा २०० ले घटेको हो ।
जसअनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार १०० र तेजाबी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३०० र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, महासंघले आज सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आज चाँदीको प्रतितोला मूल्य एक हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० भदौ २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो