काठमाडौँ । प्रस्तावित नेकपा एकीकृत समाजवादी सनाखतका लागि माधव नेपाल सहित आवद्ध नेताहरु चन्द्रागिरिबाट निर्वाचन आयोग पुगेका छन् ।
अध्यक्ष नेपालसहित सांसद तथा केन्द्रीय सदस्यहरु दल दर्ताको सनाखतका लागि निर्वाचन आयोग जान पुगेका हुन्। आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ। दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने आयोगले जनाएको छ।
नाम मात्रै उल्लेख भएका र पछि आयोगमा निवेदन दिएका केन्द्रीय सदस्य एवं सांसदहरुलाई सनाखतमा सहभागी नगराउने निर्णय आयोगले गरेको हो। गत सोमबारदेखि चन्द्रागिरिमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चलेको थियो।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर समूहका नेताहरु पनि निर्वाचन आयोग पुगेका छन् । सनाखतपछि आजै दुवै पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ भदौ २०७८, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीका नेताहरू छलफलमा
सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड