काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड स्कुल विभागको इन्चार्ज रहने भएका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् ।
माओवादीका अनुसार प्रचार तथा प्रकाशन विभागको प्रमुख रहने गरी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको छ भने संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर रहेका छन् ।
यस्तै सहरी विकास प्रमुखमा देवेन्द्र पौडेल, वन तथा वातावरण प्रमुखमा शक्ति बस्नेत, नीति अनुसन्धान प्रमुखमा रामचन्द्र झा, निर्वाचन विभागमा खिमलाल देवकोटा, अर्थ विभागमा वर्षमान पुन प्रमुख रहेका छन् । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले पार्टीको केन्द्रीय विभाग गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ भदौ २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने