भारतीय नेता चौथाईवोलेले गरे एमाले अध्यक्ष ओलीसंग भेटघाट

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, ११ : ५७
भारतीय नेता चौथाईवोलेले गरे एमाले अध्यक्ष ओलीसंग भेटघाट

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तारुढ भारतीय दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवोलेले आज बिहान  भेटघाट गरेका छन् ।

भेटवार्तामा नेपाल र भारतबीच द्धिपक्षीय सम्बन्ध कुरा भएको नेता चौथाइवालेले ट्वीट गर्दै जानकारी दिएका छन् । नेपाली कांग्रेसको निम्तोमा काठमाडौं आएका चौथाइवालेले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ ।

उनले आइतबार बेलुका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । चौथाइवालाले बीजेपीको भातृ संगठन स्वयंमसेवक संघ (आरएसएस) ले आज काठमाडौंमा आयोजना गर्ने एक कार्यक्रममा सहभागि हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस