भारतमा थपिए २५ हजार ४२० संक्रमित, ३ सय ८५ जनाको मृत्यु

एजेन्सी

सोमबार, ०७ भदौ २०७८, ११ : ५०
भारतमा थपिए २५ हजार ४२० संक्रमित, ३ सय ८५ जनाको मृत्यु

काठमाडौँ । भारतमा थप २५ हजार ४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख ४८ हजार ९६९ पुगेको छ ।

भारतमा ३ लाख ४१ हजार ८२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३८५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ७८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस