भारतमा थपिए ३१ हजार ४३ संक्रमित, ४ सय १ संक्रमितको मृत्यु

एजेन्सी

आइतबार, ०६ भदौ २०७८, १३ : ५७
भारतमा थपिए ३१ हजार ४३ संक्रमित, ४ सय १ संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा थप ३१ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ४३ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख २३ हजार ५४९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ६० हजार १५० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४०१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ३९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस