कोरोना अपडेट : २ हजार ७५ जना संक्रमित थपिए, ३० जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०५ भदौ २०७८, १६ : ३९
कोरोना अपडेट : २ हजार ७५ जना संक्रमित थपिए, ३० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ७०३ पीसीआर परीक्षण गर्दा १ हजार ४२४ जना र ५ हजार ३७२ एन्टिजेन परीक्षण गर्दा ६५१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।

शनिबार २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस