माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, ०५ भदौ २०७८, १५ : ५८
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक शुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताए । आजको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल गर्ने कार्यसूची रहेको सापकोटाले बताए।

यसअघिको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुमोदन गर्ने र पार्टीमा थप २२ जना केन्द्रीय सदस्य थप गर्ने विषयमा पनि छलफल हुने सापकोटाले बताए । माओवादी केन्द्रले केन्द्रीय कार्य समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु नेकपा एमालेमा प्रवेश गर्दा सो ठाउँमा नयाँ सदस्य थप गर्न बाँकी छ । सोहीअनुसार प्रदेश समितिमा पनि केही पदाधिकारी थप गर्न बाँकी रहेकाले त्यसबारेमा पनि आज छलफल हुने कार्यसूची रहेको सापकोटाले बताए। बैठक २ः३० बजेबाट शुरुभएको प्रेस संयोजक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस