जागेश्वर गौतमलाई कारवाही गर्न कस्ले रोक्यो ?

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १७ : ०६
जागेश्वर गौतमलाई कारवाही गर्न कस्ले रोक्यो ?

काठमाडौं । सरकारको एउटा वरिष्ठ सहसचिवले सामाजिक सञ्जालमार्फत मनलाग्दी लेख्न पाउँछ वा विरोध गर्न पाउँछ ? नेपालको विद्यमान नियम कानूनले भन्छ ? सरकारी निकायमा बस्ने मानिस आचरणमा बस्नुपर्छ । नैतिकवान हुनुपर्छ ।

सरकारको काम कारवाहीमा चित्त नबुझेको खण्डमा राख्ने निकाय पनि छन्, तर सामाजिक सञ्जलामा मनलाग्दी तरिकाले कुनै पनि धारणा राख्न पाइदैन । तर, नेपाल सरकारका सहसचिव स्तरका एक कर्मचारी भने सरकारको नांगो विरोध गरेर बसीरहेका छन् । ती हुन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा जागेश्वर गौतम । 

वीर अस्पतालमा स्वास्थ्य सामग्री खरिदमा १५ करोडभन्दा बढी अनियमितताको आरोप लागेपछि कोभिड १९ केन्द्रीय अस्पतालबाट हटाइएका डा. जागेश्वर गौतमले सरकारले ल्याएको अध्यादेशका विरुद्ध मनलाग्दी प्रचार गरेर बसेका छन् । उनले जे जेसरी लेखेका छन्, त्यो हेर्दा लाग्छ, उनी  खड्ग ओली गुटका असली कार्यकर्ता हुन् । 

 हाल थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको प्रमुख नियुक्त भएका उनी सरकारको विरोधमा मात्रै लागेका छैनन्, देखाइदिनेसम्मको धम्की दिएका छन् ।

असाध्यै रुखो स्वभावका उनले सरकारको विरोध गर्नुको पछाडि वीर अस्पतालमा हुन लागेको खुलम्खुल्ला लुटखसोट गर्न नपाउनु भएको जानकारहरुको भनाइ छ । 

उनले पछिल्लो पटक सामाजिक सञ्जालमा लेखको केही पोस्ट हेरौ है त । उनले लेखेको छन् ‘आज(बुधबार) को अध्यादेश शत प्रतिशत अग्रमन भएछ, केही महिना पहिले त लास्टै पश्चगमन थियो । यसको मूल्यांकन भविष्यलाई छाडिदिउँ, ।’

उनी यतिबेला प्रसूती रोग अस्पतालमा भन्दा पनि राजनीतिमा बढि क्रियाशिल भएको अस्पताल स्रोतले बतायो । 

डा. गौतमलाई तत्कालिन प्रधानमन्त्री केपी ओलीले कोभिड १९ सम्बन्धी अध्यादेश नै ल्याएर वीर अस्पताल प्रमुखको रुपमा सरुवा गरेको थियो । उनले ओलीलाई मासिक रुपमा मोटो रकम बुझाउने शर्तका साथ नियुक्ति पाएका थिए । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत उनमै राम्रै नजराना चढाएको देखी जान्ने सुन्नेहरु बताउँछन् । 

स्वास्थ्य संकटकाल  समेत लगाउन मिल्ने गरी खड्ग ओलीले ल्याएको अध्यादेशमा डा गौतमहरुले अस्पतालका लागि आवश्यक सामग्री खरिदमा लुटखसोट गरेपनि छानबिन नहुने जस्ता प्रावधान पनि थिए । सोही कानून देखाएर लुटखसोट गर्न सकिन्छ भन्ने उनको ध्येय थियो ।

तर चौतर्फी विवादमा परेपछि सरकारले उनलाई वीरु अस्पतालबाट हटाएर थापाथली नै पठायो । भ्रष्टाचारको छानबिन समेत गर्न नपाउने भएपछि डा गौतमलेआफ्नै नाममा कम्पनी खडा गरेर करोडौ मूल्य बराबरको स्वास्थ्य उपकरण खरिद गर्न खोजेका थिए । 

उपकरण खरिदमा खड्ग ओली गुटका ईश्वर पोखरेलको समेत चासो थियो । पोखरेलले छोराको नाममा सरकारी अस्पतालको नाममा गरिन लागेको खरिदमा राम्रै चासो राखेका थिए । किनकी उनै कार्यकर्ता समेत रहेका नारायण सिल्वालका शब्दमा पोखरेल पैसाका लागि जे पनि गर्न सक्ने स्वभाव भएका नेता हुन् ।

ट्यांकीमा पैसा राख्नेदेखि स्वास्थ्य सामग्री खरिद, नेपाल ट्रष्टको जग्गा, यति प्रकरणमा पोखरेलले गरेको लुटखसोट नेपाली कोही कसैले पनि बिर्सेका छैनन् । कानूनको छिद्र प्रयोग गरेर डा गौतमले आफ्नै व्यावसायीक साझेदार सुन्दरलाल भुषाललाई १५ करोड बराबरको ठेक्का एकलौटी रुपमा दिएका थिए । सोही समूहमा नै ईश्वर पोखरेल जोडिएका हुन् ।  

डा गौतमको यो प्रकरण सार्वजनिक भएपछि सतर्कता केन्द्र हुँदै प्रधानमन्त्री कार्यालयसम्म उजुरी पुगेको थियो । तर, तत्कालिन प्रधानमन्त्री ओलीले उनले जति अनियमितता गरेपनि नजरअन्दाज गरिदिएका थिए ।किनकी त्यसमा उनको समेत व्यापारिक स्वार्थ मिल्दथ्यो ।

स्वार्थ मिलेकै कारण चर्को विवादकाबीच वीर अस्पतालको नवनिर्मित भवन उद्घघाटनमा खड्ग ओली नै पुगेका थिए । तर, गत असार २८ गते सर्वोच्चको आदेशबाट ओली सत्ताच्युत भएपछि बनेको देउवा नेतृत्वको सरकारले २० दिनमै गौतमलाई त्यहाँबाट हटाएको थियोे ।

उनीमाथि राष्ट्रिय सतर्कता केन्द्रले भ्रष्टाचार आरोपमा छानबीन गरिरहेको छ । छानबीनमा परेपछि उनी यतिबेला सरकारले खटाएको ठाउँमा जानुको सट्टा सरकारको चर्को विरोध गरिरहेका छन् ।

गत साउन १९ गते सरकारले उनलाई कोभिड १९ केन्द्रीय अस्पतालबाट सरुवा गरेर परोपकार तथा स्त्री रोग अस्पताल थापाथलीमा पठाएको थियो । तर, प्रसूती गृहमा कार्यरत कर्मचारीका अनुसार गौतम हालसम्म पनि सरकारले खटाएको स्थानमा हाजिर भएका छैनन् ।

परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको आधिकारिक वेभसाइटमा पनि कार्यालय प्रमुखको रुपमा उनै मिश्राको नाम छ । तर, डा गौतम भने सरकारले केही लछारपाटो नलगाउने भन्दै वर्तमान सरकार र प्रधानमन्त्रीको विरोध गरेर बसीरहेका छन् । 

प्रतिक्रिया दिनुहोस