राष्ट्रपति भण्डारीद्वारा बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १४ : ४१
राष्ट्रपति भण्डारीद्वारा बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषदको विहीबारको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसको आधारमा संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति कार्यालयले बागमती प्रदेशको प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाइलाई मन्त्रिपरिषदको निर्णयअनुसार पदमुक्त गराइएको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस