रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, ०९ : १२
रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त

 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकटका झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन्। महाप्रबन्धकमा नियुक्त भएका झाले नियुक्तिको पत्र पाएसँगै  कार्यक्षेत्रमा जाने बताए। झा त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। 

सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस