सरकारले डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १८ : ०१
सरकारले डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने

काठमाडौं । सरकारले डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्रली ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सचिव बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा एक नम्बरमा सिफारिस भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शर्मालाई  मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै दोस्रोमा निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठ र तेस्रोमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रबिलाल पन्थको नाम सिफारिस भएको हो ।

प्रतिक्रिया दिनुहोस