भारतमा थपिए ३५ हजार संक्रमित, ५ सय ११ संक्रमितको मृत्यु

एजेन्सी

विहीबार, ०३ भदौ २०७८, १३ : २८
भारतमा थपिए ३५ हजार संक्रमित, ५ सय ११ संक्रमितको मृत्यु

काठमाडौँ ।  भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ७९७ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख २० हजार ८९८ पुगेको छ ।

भारतमा ३ लाख ७१ हजार ६७१ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३३ हजार ६३ पुगेको छ ।