कोरोना अपडेट : ३ हजार ४०३ संक्रमित थपिए, ४२ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १६ : ४३
कोरोना अपडेट : ३ हजार ४०३ संक्रमित थपिए, ४२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३ हजार ४०३ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ८३८ कूल नमुना ११ हजार ८३९ पीसीआर र ४ हजार ९९९ एन्टीजेन परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार कोभिडको कारण ४२ जनाको मृत्यु भएको छ । २ हजार १०४ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा ९९३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकको सक्रिय संक्रमित संख्यामा वृद्धि भएर ४० हजार ३८३ पुगेको छ ।मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले २१ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी रहेको बताए । उनका अनुसार बुधबार संक्रमण दर २२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस