माधव नेपाल समूहमा ट्वीस्ट, अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री बन्दै

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १५ : ४२
माधव नेपाल समूहमा ट्वीस्ट, अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री बन्दै

काठमाडौं । नेकपा एमाले पार्टी विभाजन गरी नयाँ पार्टी दर्ता प्रक्रिया अगाडि बढाएपछि  माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको छ । त्यसको प्रभाव सबैभन्दा पहिले वागमति प्रदेश सरकारमा देखिएको छ । 

माधव नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएकी छन् । पार्टी विभाजनको पक्षमा उभिएसँगै शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेकी हुन् । उनलाई आजै साँझ वा भोलि विहानसम्म बागमतीको मुख्यमन्त्री बनाइने भएको छ । अहिले हेटौंडामा एमाले संसदीय दलको बैठक शुरु हुन लागेको र आजै दलको नेता परिवर्तन हुने पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए ।

मुख्यमन्त्री डोरमणी पौडेलले दलको नेताबाट राजीनामा दिएर शाक्यलाई नेता बनाउने तयारी छ । सकेसम्म आजै साँझ शाक्य मुख्यमन्त्री बन्ने छिन् । शाक्य मुख्यमन्त्री बनेपछि माधव पक्षका प्रदेशसभा सदस्यहरु नैतिक संकटमा परेका छन् । शाक्य र अरुण नेपाल एक ठाउँमा उभिएपछि माधव पक्षका धेरै सांसद रोकिने अवस्था देखिएको छ । 

प्रतिक्रिया दिनुहोस