कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसद पुगे संसद् सचिवालय

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १४ : ५७
कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसद पुगे संसद् सचिवालय

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदले कारबाही रोक्न माग गर्दै संसद् सचिवालयमा निवेदन लिएर गएका छन् ।
संसद् सचिवालयले दिएको जानकारी अनुसार मंगलबार वरिष्ठ नेता माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै पत्र गएको थियो ।

नेकपा एमालेले ह्विप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जनामाथि पार्टीले कारबाही गरेको जानकारी संसद सचिवालयमा मंगलबार दिएका थिए । सो निवेदनमा सर्वोच्च अदालतको फैसालअनुसार २०७५ जेठ २ यता नेकपा एमालेको बैठक बस्न नसकेको र साउन २५ गते बैठक बसेको भन्ने धारणा तथ्यगत रुपमा गलत भएको भनिएको छ ।

केन्द्रीय कमिटीको बैठक विधिवत बैठक नबसी पार्टीको विधानले नचिनेको मानिसहरु समेत भेलाभाई गरेको कारबाही स्वतस् अवैधानिक छु निवेदनमा भनिएको छ ।

पार्टी २०७५-२-३ को अवस्थामा फर्किएपछि उक्त केन्द्रीय कमिटीको बैठक बस्न सकेको अवस्था भएको हुँदा मिति २०७५-०४-२५ गते केन्द्रीय कमिटीको बैठक बसेको भन्ने तथ्य नै गलत पनि निवेदनमा उल्लेख छ ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने क्रममा कुनै प्रकारको ह्विप जारी नभएको जिकिर निवेदनमा दिइएको छ । त्यस समयमा नेपाल पक्षका सांसदहरुले विश्वासको मत बहिस्कार गरेका थिए ।

 

 


 

प्रतिक्रिया दिनुहोस