पार्टीको नाम जसपा नेपाल लोकतान्त्रिक राख्ने ठाकुर समूहको तयारी

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १४ : ११
पार्टीको नाम जसपा नेपाल लोकतान्त्रिक राख्ने ठाकुर समूहको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी गरेको हो । त्यसका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

एक नेताका अनुसार जसपा नेपाल लोकतान्त्रिक राखिनेछ भने अध्यक्ष महन्थ ठाकुर रहनेछन् । जसपा नेपाल लोकतान्त्रिकको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ ।

११ साउनमा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस