काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी यथास्थितिमा रहे विघटन र विसर्जनको खतरामा पर्ने डर रहेको बताएका छन् ।
रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा उनले उनले हजारौँ शहीदहरुको सपना शाकार पार्न अन्तिम समयसम्म लडेर भएपर्नि नयाँ चिज बनाइ छाड्ने बताए। उनले कम्युनिष्ट एकता आजको आवश्यकता रहेका भन्दै सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने उनले बताए । उनले कम्युनिष्ट एकता गरिछाड्ने संकल्पबाट पछि हट्न नसकिने बताए।
नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुलाई पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिदै उनले यथास्थितिमा रहे विघटन र विससर्जनको खतरामा पर्ने डर रहेको औंल्याए । यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे।
नयाँ ढंगले सोचेर स्वार्थी प्रवृत्तिमाथि विजय हाँसिल गर्नु अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाइ थियो। गणतन्त्र स्थापनापछि पार्टीका नेता कार्यकर्ताहरुमा क्रान्तिकारी प्रवृत्ति हराउँदै गएको बताउदैं उनले अहिले क्रान्तिकारी प्रवृत्ति हराएर व्यक्तिवाद हाबी हुँदै गएको र त्यसलाई परास्त गर्न सके मात्रै पार्टी सफल हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ भदौ २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो