१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १२ : ५४
१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ बाट ६५ वर्षीय  वृद्धलाई पक्राउ गरेको छ ।

बुद्धभूमि स्थित दुबिया घर भएका चन्द्रमणि पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

चन्द्रमणिले थान सामुदायिक जंगलमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  

घटनाबारे ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस