काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अहिले गरिरहेकै कामलाई निरन्तरता दिने र यथास्थितिमै रुमलिइरहने हो भने माओवादी पार्टीको औचित्य नरहने बताएका छन् ।
‘अहिले गरिरहेको कामलाई नै निरन्तता दिने हो यो पार्टीको काम छैन । विश्वमा कम्युनिस्ट पार्टीहरु पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो,’ आइतबार केन्द्रीय कमिटीको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने,‘वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुनुभन्दा पार्टीकै विघटन गरेर, अध्ययन-अनुसन्धानमा लाग्नु वा किताव लेखेर बस्नु बढी इमान्दारिता हुन्छ ।’
केन्द्रीय कमिटीको बैठकमा यस्सो हेर्दा ठीकैजस्तो देखिए पनि माओवादी पार्टी अरु बुर्जुवा प्रतिक्रियावादी भन्दा फरक नदेखिएको र त्यही दिशातिर गइरहेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव