काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका छन् ।
शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाएका हुन् । पौडेल पक्षीय बैठक आइतबार दिउँसो साढे २ बजेपछि पौडेलका निवास बोहोराटारमा बस्न लागेको एक नेताले जानकारी दिए ।
ती नेताले भने, ‘महाधिवेशनको मिति तय भएपछि नजिक भएका र राय मिल्ने साथीहरुको बीचमा अब कसरी जाने भन्ने विषयमा छलफल गरौं भने उहाँले बैठक बोलाउनुभएको हो । म त्यहाँ जाँदै छु ।’
केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता भदौ २ गते टुंगो लगाइसक्ने निर्णयका सन्दर्भमा छलफल हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल