बागमती । सम्झौता भएको करिव तीन महिनापछि हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सम्पन्न भई उत्पादन सुरु गरिएको छ । उद्योग संघ मकवानपुरको आर्थिक सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा प्लान्ट स्थापना गर्न गत जेठ ४ गते अस्पताल प्रशासनसँग सम्झौता गरेको थियो ।
अक्सिजन प्लान्टको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याएको बताएका छन् । मुख्यमन्त्री पौडेलले देशमा संघीयता स्थापना पश्चत गठन भएको प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकास र विस्तार गरी स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन गरेको बताए ।
कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो प्रयास गरेको र प्रदेशका सबै जिल्ला अस्पतालमा प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गरिसकेको भन्दै उनले आगामी दिनहरुमा प्रदेशका नागरिकहरुले अक्सिजन अभावमा ज्यान गुमाउनु नपर्ने बताए ।
उनले हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार सक्रिय ढंगबाट लागिपरेको बताए ।
प्रदेशवासी आम नागरिकहरुलाई सर्वसुलभ र स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा प्रदेश सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको उनको भनाई छ ।
हेटौंडा अस्पतालको स्तरीयतालाई सवल बनाउन तीन जना डाक्टरको सेवालाई ५० जना भन्दा बढी पु¥याइएको उनले बताए । उनले आगामी २ वर्ष भित्र हेटौंडा अस्पताललाई पाँच सय शैयाको अस्पताल बनाउँने लक्ष्यका साथ भवन निर्माण, सेवा विस्तार र यन्त्र उपकरणको व्यवस्थापनको काममा प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा