सङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाँइ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाँइलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए । प्रहरी टोलीले चापागाँइको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३० साउन २०७८, ११ : ५९
लेखकबाट थप