कोरोनाभाइरस

कोरोना अपडेट : ३ हजार ९ सय १५ जनामा संक्रमण, २७ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, १६ : ४७
कोरोना अपडेट : ३ हजार ९ सय १५ जनामा संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३ हजार ९ सय १५ जना कोभिड बिरामी थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५ सय ८२ नमुना (११ हजार ७ सय ८ पीसीआर र ६ हजार ८ सय ७४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शुक्रबार थप २७ जनाको मृत्यु भएको छ । २ हजार १ सय १८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ७ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस