झापामा कोरोना संक्रमण भयावह, परिक्षणको ६० प्रतिशतमा संक्रमण

सफल खबर संवाददाता

विहीबार, २८ साउन २०७८, ०८ : ४९
झापामा कोरोना संक्रमण भयावह, परिक्षणको ६० प्रतिशतमा संक्रमण

झापा । झापामा कोरोना संक्रमण भयावह बन्दै गएको छ । स्वास्थ्य कार्यालय झापाले बुधबार  राति सार्वजनिक गरेको तथ्यांक अनुसार परीक्षणको ६० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

बुधबार आरटि पिसिआर र एन्टिजेन गरि ५५२ जनाको स्वाब नमूना परीक्षण गरिएको थियो। त्यस्मा ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

केही दिन अघिसम्म ३५ देखि ४० प्रतिशतसम्म संक्रमण पुष्टि हुने गरेकोमा बुधबार कोरोना संक्रमण ६० प्रतिशतमा चढेको हो। मेची अस्पताल भद्रपुरका जेनेरल फिजिसियन डा. मनिष सुवेदीका अनुसार अहिले अस्पतालहरूमा कोभिडका बिरामीले तत्काल बेड पाउन सक्ने अवस्था छैन।

उनले भने, ‘तत्काल अक्सिजनसहितको बेड पाउनै मुस्किल छ। कि त बिरामी डिस्चार्ज हुनुपर्‍यो कि बिरामीको देहान्त हुनुपर्‍यो। नत्र गाह्रो छ बेड पाउन।’

प्रतिक्रिया दिनुहोस