मेसीले किन रोजे ३० नम्बर जर्सी ?

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १२ : ५४
मेसीले किन रोजे ३० नम्बर जर्सी ?

एजेन्सी । लामो चर्चापछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० मा अनुबन्धित भएका छन् । यसअघिको करियर स्पानिस क्लब बार्सिलोनाबाट खेलेका उनी २ वर्षे करारमा पीएसजी पुगेका हुन् ।

एक दशक भन्दा बढी समय बार्सिलोनाबाट १० नम्बर जर्सीमा मैदानमा देखिएका मेस्सी अब पीएसजीमा भने ३० नम्बर जर्सीमा देखिनेछन् । ‘पीएसजीबाट मेरो करियरको नयाँ अध्याय सुरु गर्न पाउँदा उत्साहित छु,’ मेस्सीले भनेका छन् ।

मेस्सी ‘पार्क डेस प्रिन्सेस’मा नेइमार, एन्जेल डी मारिया, सर्जियो रामोस, लियोनार्दो परेडेसलगायत नजिकबाट नियालिरहेकै खेलाडीसँग हुनेछन्।मेस्सीले बार्सिलोनामा लगाउने गरेको १० नम्बरको जर्सी पीएसजीमा भने अर्का स्टार नेइमारले लगाउने गरेका छन्।

मिडिया रिपोर्टहरुका अनुसार नेइमारले मेस्सीलाई आफ्नो जर्सी नम्बर दिन तयार भएका थिए तर ६ पटकको बालोन डिओर विजेता मेस्सीले यसलाई अस्विकार गरेका थिए।

मेस्सीले आफ्नो पुरानो जर्सी नम्बर १९ या ३० लगाउने बताएका थिए । त्यसको स्थानमा उनले ३० नम्बर जर्सी नै रोजे । यो त्यही नम्बरको जर्सी हो, जुन मेसीले बार्सिलोनाबाट पहिलो खेल्दा लगाएका थिए ।

फ्रान्समा अधिकांश समय ३० नम्बरको जर्सी तेस्रो रोजाइका गोलरक्षकले लगाउने गर्छन् । पीएसजीले उनलाई १९ नम्बर जर्सीको पनि प्रस्ताव राखेको थियो । मेसीले केही समय यही नम्बरको जर्सी लगाएर पनि बार्सिलोनाबाट खेले ।पीएसजीमा दोस्रो रोजाइका अलेक्सजेन्ड्रे लेटेलियरले यो जर्सी प्रयोग गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस