काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको नाम नलिई उनीतर्फ संकेत गर्दै कसैको टाङमुनि नछिर्ने चेतावनी दिएका छन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनेका नेता नेपालले केपी ओलीसँग नझुक्ने संकेत गरे ।
‘हामी कसैसँग शीर निहुर्याउँदैनौं, कसैको टाङमुनि छिर्दैनौं, गलत र दम्भीसँग डराउँदैनौं,’ नेता नेपालले भने । उनले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहने बताए । नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरूलाई फेरि जिताएर ल्याउने दावी गरे । उनीहरूले बहादुरी देखाएको नेपालको टिप्पणी छ ।
‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, उनले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ साउन २०७८, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल