मन्त्रिपरिषद् निर्णय : सबै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गर्ने

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, १८ : ३२
मन्त्रिपरिषद् निर्णय : सबै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गर्ने

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ। सोमबार आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस