संक्रमितको संख्या बढेसँगै चितवनमा थप कडाई, निषेधाज्ञा साउन ३२ गतेसम्म जारी रहने

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १५ : ४९
संक्रमितको संख्या बढेसँगै चितवनमा थप कडाई, निषेधाज्ञा साउन ३२ गतेसम्म जारी रहने

चितवन । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बृद्धि भएसँगै  निषेधाज्ञामा थप कडाई गरिएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड(१९ संक्रमण चितवनमा निरन्तर बढी रहेको र उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले साउन ३२ गतेसम्म जारी रहने निर्णय गरेको हो ।

यस अघि क्रमशः खुकुलो बनाईदै आएको निषेधाज्ञा संक्रमण बढ्दै गएपछि कडाई गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै साउन २४ गते रातीदेखि लागू हुने गरी निषेधाज्ञामा कडाई गरिएको हो । 

जारी आदेशमा खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवयवस्था गरिएको छ । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाईने छ ।

यस्तै अन्य पसलहरु आईतबार, मंगलबार र बिहिबार दिउँसो १२ देखि ६ बजेसम्म सञ्चालन गर्न पाईने व्यवस्था गरिएको छ ।

निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाईने छ ।

प्रतिक्रिया दिनुहोस