विश्वमा फेरी बढ्न थाल्यो कोरोना, पछिल्लो २४ घन्टामा ६ लाख ९३ हजार बढि संक्रमित हुँदा १० हजार धेरैको मृत्यु

एजेन्सी

शनिबार, २३ साउन २०७८, ११ : २५
विश्वमा फेरी बढ्न थाल्यो कोरोना, पछिल्लो २४ घन्टामा ६ लाख ९३ हजार बढि संक्रमित हुँदा १० हजार धेरैको मृत्यु

काठमाडौं  । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा विश्वमा ६ लाख ९३ हजार ७६ जना संक्रमित थपिएका छन् । 

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी अमेरिकामा १ लाख ३० हजार ७०६ जना संक्रमित थपिएका छन् । ब्राजिलमा ४२ हजार १५९, भारतमा ३८ हजार ७००, इन्डोनेसियामा ३९ हजार ५३२, इरानमा ४३ हजार ९१३ जना संक्रमित थपिएका छन् ।

यो सँगै विश्वमा कोेरोना संक्रमितको कुल संख्या २० करोड २४ लाख २ हजार १८४ पुगेको छ । साथै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट विश्वमा १० हजार १०८ जनाको मृत्यु भएको छ । 

सबैभन्दा धेरै इन्डोनेसियामा १ हजार ६३५ र ब्राजिलमा १ हजार ६ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ७५० जना, भारतमा ६१६, रुसमा ७९२, इरानमा ४५८, मेक्सिकोमा ६१८ जनाको मृत्यु भएको छ । 

योसँगै मृत्यु हुनेको संख्या ४२ लाख ८९ हजार ६०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस