चितवनमा पाँच संक्रमितको मृत्यु, २२३ जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १६ : २७
चितवनमा पाँच संक्रमितको मृत्यु, २२३ जनामा संक्रमण पुष्टि

चितवन । पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा उपचारको क्रममा रहेका पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु भएकामध्ये चितवनका ३ र नवलपरासीका दुई जना छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा ४ जना र चितवन मेडिकल कलेजमा १ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

चितवनमा पछिल्लो २४ घण्टामा २२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस