उदयपुरमा कोरोना सङ्क्रमितको संख्या तीव्ररूपमा बृद्धि

रासस

शुक्रबार, २२ साउन २०७८, ११ : ५०
उदयपुरमा कोरोना सङ्क्रमितको संख्या तीव्ररूपमा बृद्धि

उदयपुर । जिल्लामा साउनको दोस्रो हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर दुई सय पाँचमा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३१५ पुगेको छ । एक हप्ताका बीचमा सङ्क्रमित एक सयभन्दा बढी भएका छन् ।

स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए । लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा पनि सङ्क्रमित बढिरहेको  उनको भनाइ थियो  । 

घटेर शून्यको अबस्थामा झरिसकेको सङ्क्रमण एक हप्तामै पुनः तीव्ररूपमा बृद्धि हुन थालेकाले त्रियुगा–२ को  खैजनपुर गाउँ शिल गरिएको छ, जहाँ १५ सङ्क्रमित छन् ।

मालपोत कार्यालय, त्रियुगा र गाइघाटस्थित सिभिल बैङ्कका कर्मचारीमा समेत सङ्क्रमण देखिएकामा मालपोत भने  एक हप्ताको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ४३ पुगेकामा ३१५ उपचारत छन् भने ५२ को  मृत्यु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस