काँग्रेसकै नेताहरुले प्रधानमन्त्री देउवाको भिडियो प्रति किन जनाए आपत्ती ?

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १० : ५४
काँग्रेसकै नेताहरुले प्रधानमन्त्री देउवाको भिडियो प्रति किन जनाए आपत्ती ?

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सार्वजनिक गरेको भिडियोप्रति आपत्ति जनाएका छन् ।

महामन्त्री पुर्णबहादुर खड्काले ‘भिडियो गाइजात्रा’ भनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ  भन्दै प्रधानमन्त्री देउवाको सचिवालयले सार्वजनिक गरेको भिडियोप्रति आपत्ति जनाएका छन् ।

केही दिनयता प्रधानमन्त्री देउवाको नाममा खोलेको भाइबर ग्रुपमार्फत् ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किन भने’ शीर्षकमा विभिन्न भिडियो सार्वजनिक भएका थिए । तिनै भिडियोप्रति काँग्रेस नेताहरुले आपत्ति जनाएका हुन् ।

‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समपर्ण गरी जनताका बीचमा स्थापित काँग्रेस सभापति तथा आदरणीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्युका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको ‘भिडियो गाईजात्रा’ तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, महामन्त्री खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्वीट गर्दै प्रधानमन्त्रीको भिडियोप्रति आपत्ति यो काम गर्ने बेला भएको र राम्रो काम गरे जनता आफैले भिडियो बनाउने बताएका छन् । ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सही सल्लाह र साथ दिने बेला हो ।

काम राम्रो भए जनता आफैंले बनाउने छन् ‘भिडिओ’, नत्र पार्टीले बनाउला,’ शर्माले लेखेका छन्, ‘पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु ।

प्रतिक्रिया दिनुहोस