काठमाडौं । सरकारको साझा नीति तथा कार्यक्रम बनाउन सत्ता गठबन्धन दलले बनाएको कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउन लागेको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका नेताहरुले प्रतिवेदन बुझाउन लागेका हुन ।
कार्यदलले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुलाई सामुहिक रुपमा प्रतिवेदन बुझाउन लागेका हुन् । अहिले माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगिसकेका छन् । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटार जाने कार्यक्रम बनेको छ । जसपा नेता राजेन्द्र श्रेष्ठले कार्यदलले प्रतिवेदन बुझाउन लागेको जानकारी दिए ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री सहित शीर्ष नेतालाई बुझाउन लागेको हो । सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारिएको कार्यदलका नेताहरुको भनाइ छ । गठबन्धन सम्बद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतलाई पनि परामर्श लिएर प्रतिवेदन तयार पारिएको हो ।
प्रधानमन्त्रीलाई बुझाउन लागिएको प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ । प्रधानमन्त्रीपछि गठबन्धनका शीर्ष नेतालाई पनि प्रतिवेदन बुझाइने छ ।
प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हालेको २४ दिन पुगिसक्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न नसकेको भनी आलोचना खेपिरहेका छन् । सरकारको नीति तथा कार्यक्रम तयार पारेपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने सत्ता गठबन्धन दलले बताउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी