काठमाडौं । सरकारको साझा नीति तथा कार्यक्रम बनाउन सत्ता गठबन्धन दलले बनाएको कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउन लागेको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका नेताहरुले प्रतिवेदन बुझाउन लागेका हुन ।
कार्यदलले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुलाई सामुहिक रुपमा प्रतिवेदन बुझाउन लागेका हुन् । अहिले माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगिसकेका छन् । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटार जाने कार्यक्रम बनेको छ । जसपा नेता राजेन्द्र श्रेष्ठले कार्यदलले प्रतिवेदन बुझाउन लागेको जानकारी दिए ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री सहित शीर्ष नेतालाई बुझाउन लागेको हो । सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारिएको कार्यदलका नेताहरुको भनाइ छ । गठबन्धन सम्बद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतलाई पनि परामर्श लिएर प्रतिवेदन तयार पारिएको हो ।
प्रधानमन्त्रीलाई बुझाउन लागिएको प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ । प्रधानमन्त्रीपछि गठबन्धनका शीर्ष नेतालाई पनि प्रतिवेदन बुझाइने छ ।
प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हालेको २४ दिन पुगिसक्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न नसकेको भनी आलोचना खेपिरहेका छन् । सरकारको नीति तथा कार्यक्रम तयार पारेपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने सत्ता गठबन्धन दलले बताउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता