हिमानी थाइल्यान्ड गएपछि पूर्वयुवराज पारस निर्मल निवासमा

पत्रपत्रिकाबाट

विहीबार, २१ साउन २०७८, ०७ : ४१
हिमानी थाइल्यान्ड गएपछि पूर्वयुवराज पारस निर्मल निवासमा

काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् ।

तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएका हुन् । उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको बेलामा पूर्वयुवराज पारस निर्मल निवास बस्न थालेका हुन् ।

स्रोतका अनुसार उनकी आमा पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै बसिरहेकी छिन् । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बस्न थालेको निर्मल निवास स्रोतले बताएको छ । 

आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास नबसेका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञानेन्द्रसँग दिन बिताउने गरेको बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस