विराटनगरबाट ६ नक्कली परीक्षार्थी पक्राउ

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, २० : ००
विराटनगरबाट ६ नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । प्रहरी जवानको परीक्षामामा सहभागी भएका ६ जना नक्कली परीक्षार्थी पक्राउ गरेका छन् । प्रदेश १  प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भोजपुरका सुर्य राई, सागर राई, संगम राई, धनकुटाका सरोज राई,  खपाङ राई  र  राज कुमार राई  रहेका छन् । 
सुर्य राईले जवान पदमा नयाँ भर्ना गराई दिने भनि विभिन्न व्यक्तिबाट आर्थिक लाभ समेत लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस