सरकारद्वारा जागेश्वर गौतमको वीर अस्पतालबाट सरुवा सदर

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, १५ : ५३
सरकारद्वारा जागेश्वर गौतमको वीर अस्पतालबाट सरुवा सदर

काठमाडौं । सरकारले अन्ततः कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमको सरुवालाई सदर गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमसहित उच्च अधिकारीको सरुवा ‘होल्ड’ गराएकोमा गौतमको भने अन्ततः सरुवा नै गरिएको हो । गौतमलाई प्रसूति गृह पठाइएको छ ।

उनको ठाउँमा  डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए । प्रधानमन्त्री देउवाले आज डा. बस्नेतलाई अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको उनको भनाइ छ । 

 यसअघि सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. रुद्र मरासिनीलाई कोभिड—१९ युनिफाइड अस्पतालको प्रमुखमा सरुवा गरेको थिए ।  प्रधानमन्त्री देउवाले हाल आएर राज्यमन्त्रीको निर्णयलाई हस्तक्षेप गर्दै डा. बस्नेतलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेका हुन् । 

यसअघि डा. बस्नेत वीर अस्पतालको निर्देशक भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस