नवलपरासीमा ३२ लाख ९० हजार नगद सहित २ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, ०९ : ३५
नवलपरासीमा ३२ लाख ९० हजार नगद सहित २ जना पक्राउ

परासी । नवलपरासी प्रहरीले ३२ लाख ९० हजार रुपैया नगद सहित २ जना युवालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीले जिल्लाको बर्दघाट नगरपालिका वडा १२ भटौलिया स्थित परासी नारायण चोक हुलाकी सडक खण्डबाट श्रोत नखुलेको ३२ लाख ९० हजार रुपैया नगद सहित २ जना युवकलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बुझाएको हो । 

गस्तीमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा युवकहरुले चढेको लु १६ प ३७२९ नं. को मोटरसाईकलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट श्रोत नखुलेको १८ लाख ५० हजार नेपाली र ९ लाख रुपैया भारतीय गरि कुल ३२ लाख ९० हजार रुपैया बरामद गरि जिल्ला प्रहरी कार्यालय बुझाएको प्रहरी नायब उपरिक्षक राजु लामाले बताए । 

पक्राउ पर्नेमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. २ बस्ने ३५ वर्षे योगेन्द्र यादव र भारतको उत्तर प्रदेश जिल्ला महाराजगंज ठुठीवारी बस्ने २७ वर्षे समिर खान रहेका डिएस्पी लामाको भनाई छ । 

प्रहरीले उनीहरुका साथ भारतीय रुपैया २ हजार दरका २०७ थान, भारतिय ५ सय दरका ९७२ थान नोट गरी जम्मा ९ लाख भारू र नेपाली १ हजार दरका १ हजार ६९ थान नोट र ५ सय दरका १ हजार ५ सय ६२ थान नोट गरी जम्मा १८ लाख ५० हजार नपाली रुपैयाँ फेला पारेको जनाएको छ ।  प्रहरीले बरामद रकम सहित दुवै जना युवकलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस