जात र सम्प्रदायका लागि राजनीति नगर्न गण्डकी प्रदेश प्रमुख गुरुङको आग्रह

प्रदेश प्रमुख गुरुङलाई गरियो चितवनमा सम्मान

प्रकाश सिग्देल

आइतबार, १७ साउन २०७८, १४ : ०७
जात र सम्प्रदायका लागि राजनीति नगर्न गण्डकी प्रदेश प्रमुख गुरुङको आग्रह

चितवन । जात र सम्प्रदाय विशेषमा गरिने राजनीतिले देशको अखण्डता र राष्ट्रियता संकटमा पर्ने गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले बताएका छन् ।  कसैले पनि जात जातिको नाममा राजनीति गर्न नहुने र सिंगो देश र सम्पुर्ण देश वासिको हितमा राजनीति गर्न सके मात्रै राष्ट्र र राष्ट्रियता सुरक्षीत रहने उनको भनाई छ ।

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् चितवनले उनकै सम्मानमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले एकले अर्कालाई विभेद र निषेध गरेर नभै सबै सम्प्रदायका मानिसले प्रतिस्प्रधा गरेर क्षमता र बुद्धि विवेकका  आधारमा आफुलाई अब्बल बनाएर स्थापित गर्नु पर्ने बताए ।

गुरुङले गुरुङको लागि लड्ने राईले, राईका लागि लड्ने कुमालले कुमालका लागि लड्ने थारुले, थारुका लागि लड्ने काम गर्यो भने हाम्रो राष्ट्रिय अखण्डता टुक्रिन्छ गुरुङले भने ।

गुरुङले गुरुङको लागि लड्ने राईले, राईका लागि लड्ने कुमालले कुमालका लागि लड्ने थारुले, थारुका लागि लड्ने काम गर्यो भने हाम्रो राष्ट्रिय अखण्डता टुक्रिन्छ गुरुङले भने । त्यसैले सिद्धान्तमा बाधिएर हामी सबै जात जाति एक भएर समान प्रतिस्पर्दा गरेर क्षमताका आधारमा उच्च पदमा पुगेर राज्यको नियम कानुन अनुसार राज्य सञ्चालन गर्नु पर्छ ।

प्रदेश प्रमुखको नियुति पाएको दिन देखि आफु कांग्रेसको सदस्य नभएको भन्दै गुरुङले आफुले जातियताको नारा दिएर कहिल्यै राजनीति नगरेको बताए । उनले भने हामी सबै जातजाति समान हौं समानताका लागि हामिले लड्न सक्नु पर्छ संघर्ष गर्न सक्नु पर्छ ।

हाम्रो सम्प्रदायलाई दमन गर्यो, हाम्रो सम्प्रदायलाई पछाडी पार्यो, भन्ने कुन्ठित भावनाबाट हैन । यो विश्वले मानेको दर्शन लोकतन्त्रको दर्शनलाई हामीले आत्मसाथ गरेर त्यो दर्शन भित्रको सिस्टम छ त्यो सिस्टम भित्र हामी संघर्ष गर्नुपर्छ गुरुङले भने । अरु सम्प्रदायबाट आएकाहरुसंग हामि मैत्रिपुर्ण र सौहार्द पुर्ण तरिकाले प्रतिस्पर्दा गर्नुपर्छ । स्वस्थ्य प्रतिस्पर्दाबाट नेतृत्वमा आएर राज्य सञ्चालनका लागि महत्वपुर्ण योगदान दिनु आवश्यक छ ।

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनले गण्डकी प्रदेश प्रमुख गुरुङलाई तिनखोले गुम्बामा एक कार्यक्रम गरि सम्मान गरेको हो ।  जिल्ला अध्यक्ष गणेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कांगे्रसका निर्वतमान पार्टि सभापति टेक प्रसाद गुरुङले धेरै समय पछि गुरुङ समुदायको एक जना प्रतिनिधिले उच्च पदमा नियुक्ती पाउदा धेरै खुसि लागेको बताए । उनले आगामी कार्यकालको सफलताको कामना समेत गरे ।

देशमा परिर्वतन ल्याउन आफनो समुदायको महत्वपुर्ण भुमिका रहदा रहदै पनि आफुहरुले लाभको सम्मानित पद पाउन नसकेकोमा अहिले आफनै साथीले महत्वपुर्ण पद पाउदा खुसि लागेको गुरुङको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस