काठमाडौं । नेकपा माओवादी केन्द्रको आज स्थायी कमिटीको बैठक डाकिएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा टुंगो लगाउने कसरत गरिरहेको नेकपा माओवादी केन्द्रको आजको स्थायी कमिटीले यस विषयमा फाइनल निर्णय गर्नेछ ।
पार्टी कार्यालय सचिव श्रीराम ढकालले बिहान ११ बजे पार्टीको स्थायी कमिटीको बैठक बस्न लागेको जानकारी दिए। असार २९ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि माओवादी केन्द्रबाट दुईजना मन्त्रीले मात्रै सपथ लिएका थिए। त्यसयता मन्त्री परिषद् विस्तार हुन सकेको छैन।
माओवादी केन्द्रमा मन्त्रीको आकांक्षी धेरै रहेका छन् । केही दिनअघि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मन्त्रीको आकांक्षी धेरै भएका कारण आफू तनावमा रहेको बताएका थिए । माओवादीमा देव गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन, देवेन्द्र पौडेल, मात्रिका यादव, शक्ति बस्नेतलगायतका नेता मन्त्री बन्ने लाइनमा रहेका छन् । माओवादीले बढीमा सात मन्त्रालय पाउनेछ । दुई मन्त्री माओवादीबाट बनिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ साउन २०७८, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै