अमेरिका फेरि बढ्दै संक्रमण, खोप र मास्क लगाउन नमान्नेहरुका कारण संक्रमण फैलिन थालेको विज्ञको भनाई

एजेन्सी

शनिबार, १६ साउन २०७८, १२ : ३७
अमेरिका फेरि बढ्दै संक्रमण, खोप र मास्क लगाउन नमान्नेहरुका कारण संक्रमण फैलिन थालेको विज्ञको भनाई

अमेरिका । कोरोना भाइरसको खोप तीव्र पारेपछि अमेरिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएकोमा फेरि बढ्न थालेको छ । खोप भएपनि लगाउन नमान्ने तथा मास्क लगाउन छाड्नेहरुका कारण त्यहाँ नयाँ भेरियन्टसहितको संक्रमण फैलिन थालेको विज्ञहरुले जनाएका छन् ।

विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख २८ हजार ९३३ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ९९ हजार ७४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख ८८ हजारभन्दा धेरै पुगेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ५५ हजार ५१२ जना, भारतमा ४ लाख २३ हजार ८४२ जना, रूसमा १ लाख ५७ हजार ७७१ जना, बेलायतमा १ लाख २९ हजार ५८३ जना, फ्रान्समा १ लाख ११ हजार ८२४ जना, इटालीमा १ लाख २८ हजार ४७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस