चैत मसान्तसम्म सबै नेपालीलाई खोप : स्वास्थ्य मन्त्रालय

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, २० : १४
चैत मसान्तसम्म सबै नेपालीलाई खोप : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइसक्ने सरकारले दावी गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधारबारेको विवरण सार्वजनिक गर्दै चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने जनाएको हो । 

नेपाललाई आवश्यक थप खोप चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढाइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयको दावी छ । 

यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ ।