एक लाख २४ हजार भारतीय नोटसहित दुईजना पक्राउ

रासस

विहीबार, १४ साउन २०७८, १३ : ४१
एक लाख २४ हजार भारतीय नोटसहित दुईजना पक्राउ

मोरङ । विराटनगरमा महानगरपालिका १७ मटेरुवा चोकमा भारतीय नोटसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत जोगमुनी अहमदपुर १६ बस्ने ३० वर्षीय मो। ईमरान र सोही स्थानका २० वर्षीय मो. कुबेर रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो पौने १२ बजे भारतबाट नेपाल आउँदै गरेका उनीहरूको साथबाट २ हजारको ७ थान, ५०० को १९४ थान, २०० को ४७ थान, १०० को ३६ गरी १ लाख २४ हजार भारु बरामद गरिएको छ ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीमा लगी अनुसन्धान थालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस